
Offers every month
प्रायः जसो सोधिने प्रश्नहरू
तपाईंले Play Pass को सदस्यता लिनुभयो भने तपाईं हरेक महिना शीर्ष गेमहरूमा विशेष अफरहरू पाउनुहुन्छ। साथै, तपाईं १,००० गेम तथा एपहरूको छुट्टै सूची हेर्न पनि पाउनुहुन्छ। यो सूचीमा भएका सबै विज्ञापनहरू हटाइन्छन् र एपबाट किन्न मिल्ने सबै सामग्री र सशुल्क शीर्षकहरू अनलक गरिन्छन्।
यो सूचीमा १,००० भन्दा बढी गेम तथा एपहरू समावेश गरिएका छन्। अतिरिक्त शुल्कविनै सशुल्क गेम र एपहरू उपलब्ध हुन्छन्। Play Pass को सूचीमा भएका सबै गेम तथा एपहरूबाट विज्ञापन हटाइन्छन् र एपबाट किन्न मिल्ने सामग्री अनलक गरिन्छन्। सदस्यहरू Play स्टोर एपको Play Pass खण्डमा यी गेम तथा एपहरू भेट्टाउन सक्छन् वा Google Play मा भएका शीर्षकहरूमा Play Pass को ब्याज छ कि छैन भनेर हेर्न सक्छन्।
सब्स्क्राइबरहरू Play Pass को क्याटलगमा नभएका निश्चित शीर्ष गेमहरूमा साप्ताहिक रूपमा अफरहरू प्राप्त गर्छन्। यी विशेष अफरहरूमा गेमबाट सामग्री किन्दा पाइने छुट वा गेमबाट किन्न मिल्ने निश्चित सामग्रीमा पाइने अफरहरू समावेश हुन सक्छन्। ट्रायल अवधिमा वा Play Pass को क्याटलगमा भएका गेममा अफरहरू उपलब्ध हुँदैनन्। अफरहरू अनिवार्य रूपमा Google Play Billing को भुक्तानी विधि प्रयोग गरेर रिडिम गर्नु पर्ने हुन्छ।
तपाईंसँग Play Pass को सूचीमा समावेश गरिएका गेम वा एपहरू छन् भने सबै विज्ञापनहरू हटाइने छन् र एपबाट किन्न मिल्ने सामग्री अनलक गरिने छन्।
पारिवारिक प्रबन्धकहरू पारिवारिक लाइब्रेरीमार्फत परिवारका बढीमा ५ जना सदस्यलाई निःशुल्क रूपमा Play Pass चलाउन दिन सक्छन्। यसका लागि परिवारका सदस्यले आफ्नो खातामा Play Pass एक्टिभेट गर्नु पर्ने हुन्छ। मासिक अफर र अन्य लाभहरू पारिवारिक प्रबन्धकका लागि मात्र उपलब्ध हुन्छन्।